Friday May 3, 2024
BS 2081 Baishak 21
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

ओबामा कार्यकालमा सबैभन्दा धेरै नेपाली डिपोर्ट

Feb 24, 2017 under World 513 , Nepalese living abroad 20

 à¤°à¤¿à¤ªà¤¬à¥à¤²à¤¿à¤•à¤¨à¤¹à¤°à¥à¤•à¥‹ तुलनामा डेमोक्र्याटहरुको नीति आप्रवासीहरुप्रति उदार रहेपनि सबैभन्दा धेरै नेपालीहरू राष्ट्रपति बराक ओबामाकै कार्यकालमा अमेरिकाबाट देश निकालामा परेको तथ्याङ्कले देखाएको छ । ओबामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयताका ८ वर्षमा अमेरिकाबाट १५२५ नेपालीहरूले देश निकालाको आदेश पाएका छन् । उनीहरूले अमेरिकी अदालतबाट या त स्वेच्छिक रूपमा या त युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमार्फत डिपोर्टेशनमा परेका हुन् । अमेरिकी अदालतबाट देश निकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या ओबामा कार्यकालमा इतिहासमा नै सबैभन्दा धेरै हो ।

ओबामा राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्थात् आर्थिक वर्ष सन् २००९ मा १६७ जना नेपालीहरूले अमेरिकाबाट देश निकालाको आदेश पाएका थिए । आर्थिक वर्ष सन् २०१० मा अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या १६३ रहेको थियो । त्यस्तै आर्थिक वर्ष सन् २०११ मा अमेरिकी इतिहासमा नै सबैभन्दा धेरै नेपालीहरूले देश निकालाको आदेश पाए । यो वर्ष २ सय ८५ जना नेपालीहरूले अमेरिकाबाट देश निकालाको आदेश पाएका थिए । यस अगाडि वा त्यस पछाडि पनि यति धेरै नेपालीहरूले अमेरिकाबाट देश निकालाको आदेश पाएका छैनन् ।

त्यसै गरी आर्थिक वर्ष सन् २०१२ मा २ सय २२ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक वर्ष सन् २०१३ मा भने २ सय १२ जना नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए । आर्थिक वर्ष २०१४ मा अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरू २ सय १५ जना रहेका थिए । आर्थिक वर्ष सन् २०१५ को उत्तराार्धमा नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्ने नेपालीहरूले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्राप्त गरेपछि देश निकालाको क्रम अलिकति कम भएको छ । आर्थिक वर्ष सन् २०१५ को पछिल्लो तीन महिनामा अमेरिकाबाट देशनिकालामा पर्ने नेपालीहरूको सङ्ख्या घट्दा आर्थिक वर्ष २०१५ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या जम्मा १४० मा सीमित रहेको थियो । ओबामाले राष्ट्रपतिमा जित्नु अगाडि आर्थिक वर्ष सन् २००८ मा पनि जम्मा १४० जना नेपालीहरूले नै देश निकालाको आदेश पाएका थिए । गतबर्षको तथ्याङ्क हेर्दा नेपालीहरूलाई देश निकालाको दर ओबामा कार्यकाल सुरु हुनुभन्दा अगाडिकै अवस्थामा पुगेको थियो ।

नेपालले टीपीएस प्राप्त गरिसकेपछिको एक बर्षमा आर्थिक वर्ष सन् २०१६ मा जम्मा १२१ जना नेपालीहरूले देश निकालाको आदेश पाएका छन् , जुन १२ वर्षको इतिमासमा नै सबैभन्दा कम हो । आर्थिक वर्ष सन् २००५ मा १ सय २७ जना नेपालीहरूले देश निकालाको आदेश पाएका थिए । त्यो भन्दा अगाडि सन् २००४ मा भने ९८ जना नेपालीहरूले अमेरिकी अदालतबाट देश निकालाको आदेश पाएका थिए ।

No news.
Australian Dollar to Nepalese Rs